भोजपुरको बस पार्क छेउमा एक बृद्ध मृत फेला


भोजपुर ४ फागुन ।
भोजपुरको बसपार्क छेउमा एक बृद्धको खेतको डिलबाट लडेर मृत्यु भएको छ ।

 

भोजपुरको अरुण गाँउपालिका दुईका – ६० वर्षिय शंकर कुमार राइको खेतको डिलबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

राईलाई आज १०ः३० बजे बसपार्क छेउको खाल्डामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित कार्यालय प्रमुख चरित्रविक्रम कार्कीले जाकारी दिए ।

 

राई भोजपुर नगरपालिका -७ बसपार्क छेउमा विभिन्न जातका विरुवाको नर्सरी गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार