बसको ठक्करबाट एकको मृत्यु


नवलपुर ९ माघ। नवलपरासीको देवचुली नगरपालिका १५ लोकाहामा मंगलबार बसको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

लु१ख ९९५५ नम्बरको बसले देवचुली(१० की ७० वर्षीया जेष्ठ नागरिक काजीबहादुर पाण्डेलाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बसको ठक्करबाट पाण्डेको मृत्यु भएपछि स्थानीयवासीले करिब आधा घण्टा सडक अवरुद्ध समेत गरेका थिए ।

 

यस्तै, मंगलबार विहान गैडाकोट नगरपालिका(१० मा गोर्खा ब्रुअरीको पार्किङ्ग गरिराखेको ट्रकमा सुर्खेतबाट काठमाडौंका लागि गुडेको ना५ख ८७३ नम्बरको बस ठोक्किदा ३० जना घाइते भएका छन् ।

 

घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार