संखुवासभा, ५ माघ ।
संखुवासभाको सभापोखरी गाउँपालिका– ६ बस्ने अन्दाजी ३७ बर्षिय राजु राईको विहीबार करेन्ट लागेर ज्यान गएको छ।
राईलाई सोही ठाउँको सभाखोलामा ईन्भटरबाट करेण्ट लगाई माछा मार्ने क्रममा बेलुका ७ बजेतिर अचानक करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी बाह्रबिसेले जनाए