
भोजपुर,२९ पुस ।
पत्रकार आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ भोजपुर शाखाको संयोजनमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । पत्रकारहरूमा सकारात्मक आचरणको विकास गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताउदै प्रेस काउन्सिलका सदस्य इश्वरी प्रसाद ओझाले पत्रकारको बोली र व्यवहारले समाजमा ठूलो प्रभाव पार्ने भएकाले पत्रकारहरू आचार संहिता प्रति गम्भिर हुनुपर्ने वताए ।

त्यस्तै सुचना तथा प्रसारण विभागका महानिर्देशक तथा काउन्सिलका सदस्य सचिव बालकृष्ण घीमीरले प्रदेश सरकारले कानुन नबनाउँदा अनुगमन लगाएतका कुरामा अहिले केहि समस्या भएकोले कानुन बनेपछि प्रदेस मातहतबाट नै सञ्चारगृहको अनुगमन हुने वताए । साथै उनले जिल्लामा सञ्चालन भइरहेका धेरै अनलाइनहरु काउन्सिल र विभागमा दर्ता नभएकोले चाडै दर्ता गर्न आग्रह गरे ।
पत्रकारहरूले समाचार संकलन गर्दा अध्ययन गर्नुपर्ने बताउदै पत्रकार महासंघका केन्द्रिय सदस्य तथा काउन्सिलका सदस्य गोविन्द चौलागाईले आफूले लेखेका कुराले समाजमा कस्तो असर पु¥याउछ भन्नेमा सम्पुर्ण पत्रकारहरु सचेत हुनुपर्ने वताए ।






















