दिंलाबाटै राहदानी वितरण शुरु


भोजपुर,२३ पुस ।
इलाका प्रशासन कार्यालय दिंलाबाट राहदानी वितरणको शुरु भएपछि स्थानिय खुसी भएका छन् । भोजपुर सदरमुकाम सम्म आउनको लागि स्थानियलाई समस्या भएपछि दिंलाबाट नै सेवा दिन थालेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।

राहदानी वितरण सुरु भएसंगै सो क्षेत्रका बासिन्दाले भोजपुर सदरमुकाम सम्म धाउनुपर्ने झन्झटबाट मुक्त भएका छन् । दिंला इलाकाबाट षडानन्द नगरपालिकाका १४ वटा वडा र साल्पासिलिछो गाउँपालिकाका ६ वटा गरि २० वटा वडाका बासन्दाले सेवा लिदै आएका छन् ।

सेवा क्षेत्रको केन्द्रभागबाट नै राहदानी वितरणको काम सुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।स्थानिय मक्कर तामाङ्गले भने‘‘ भोजपुर सदरमुकाम सम्म जादा २÷३ सम्म समय लाग्थ्यो अहिले घर नजिकैबाट सेवा पाउदा हामी एकदम खुसी भएको छौ।’ राहादानीका लागि सदरमुकाम सम्म जानुपर्ने झन्झट हटेपछि समय र पैसा दुवैको वचत भएको तामाङ्गको भनाई छ ।

विसं २०५६ सालमा स्थापना भएको इलाका प्रशासनले नागरिकता वितरण, नाबालकको परिचयपत्र, आदिवासी, जनजाति, दलित समुदाय कागजात प्रमाणितसंगै राहदानी सिफारिस लागएतको काम गरिरहेको जिल्ला प्रशासन कार्यालय भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। । इलाका प्रशासन कार्यालयले गत पुस १ गतेबाट वितरण शुरु गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार