गुप्तेश्वरमा सव –डिभिजन वन कार्यालय स्थापना गरिने


भोजपुर २३ पुष । भोजपुर नगरपालिका –३ गुप्तेश्वरमा सव डिभिजन वन कार्यालय स्थापना हुने भएको छ । जिल्ला वन समन्वय समितिको वैठकले सव डिभिजन कार्यालय गुप्तेश्वरमा राख्ने र त्यसले भोजपुर नगरपालिका र टेम्केमैयुङ्ग गाउँपालिका क्षेत्रमा काम गर्ने गरि स्थापना गर्ने निर्णय गरेको हो । भोजपुर नगरपालिका अन्तर्गत १२ र टेम्केमैयुङ गाउँपालिमा ९ ओटा वडा रहेका छन् ।

कार्यालयको नाम ‘टेम्के’सव डिभिजन वन कार्यालय रहने भोजपुरका डिभिजन वन कार्यालय प्रमुख हेमन्त प्रसाद शाहले जानकारी दिए ।
अन्य ५ ठाँउमा भने सव डिभिजन कार्यालय स्थापना भईसकेको कार्यालयका सुचना अधिकारी विश्वनाथ वैठाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार