भोजपुरमा मतपेटिका राखिएको भवनको दुई सय मिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा,


भोजपुर, १२ मंसिर ।
जिल्ला प्रसाशन कार्यालय भोजपुरले १० गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतपेटिका भण्डार गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको २ सय मिटर आसपासको क्षेत्र क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

भण्डारण गरिएको मतपेटिकोका सुरक्षालाई ध्यानमा राख्दै चारभण्ज्याङ्ग देखि पुर्व पश्चिम २ सय मिटर क्षेत्र र चारभन्याङ्ग देखि दक्षिण मा वजार क्षेत्र हुदै जिल्ला प्रहरी कार्यालय भोजपुरको दाँया वाँयाको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रसासन कार्यालय भोजपुरले जनाएको छ ।

सो क्षेत्र भित्र सभा सम्मेलन, एंव शान्ति सुरक्षा भङ्ग गर्ने खालको गतिविधि सञ्चालन गर्न नपाउने जिल्ला प्रसासनको भनाई छ । आज देखि निर्वाचनको मतगणना सम्मपन्न नभएसम्म निषेधित क्षेत्र घोषणा गरिएको हो । कसैले सुचनाको उल्लंघन गरेमा प्रचलित कानुन वमोजिम कारवाही हुने जिल्ला प्रसासन कार्यालय भोजपुरले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार