

भोजपुर, ४ असार ।
भोजपुर सदरमुकामको बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरीएको छ । वजार क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्युनिकरण गर्ने उद्धेश्य सीसी टीभी जडान गरिएको हो । वजार क्षेत्रको भिडभाड हुने तथा व्यस्त स्थानमा सात ओटा सीसी क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । क्यामेरा नगरपालिको आर्थिक सहयोगमा ५ र स्थानिय बजारबासीको सहयोगमा २ वटा जडान गरिएको हो ।
सदरमुकामको चारभञ्ज्याङ देखि जिरोप्वाइन्ट सम्म ७ स्थानमा क्यामेरा जडान भएका छन् । जसमा चारभञ्ज्याङ, जिल्ला प्रहरी कार्यालय छेउ, टुडिखेल मुनीको मोड, बैक रोड, चेङवेनि चोक र जिरो प्वाइन्टमा क्यामेरा जडान गरिएको हो ।
क्यामेरा जडान कार्य सम्पन्न भएपछि उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशब कुमार थेबेले नगरलाई शान्ती सुरक्षा कायम गर्न र बजार क्षेत्रमा हुने दुर्घटना देखि अन्य क्रियाकलाप अनुगमन गर्ने उद्धेश्यका साथ क्यामेरा जडान गरीएको वताए । साथै उनले क्यामेरा जडानले बजारका व्यवसायी बैंक तथा वियित संस्थालाई सुरक्षा मिलेको बताउदैं अन्य धेरै ठाउँमा बजेट अभावका कारण जडान गर्न नसकेकोले जडानका लागी सहयोग गर्न समेत आग्रह गरे । उनले भने ‘ हामीले वजार क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी वनाउन क्मामेरा जडान गरेका हौ तर, कतिपय ठाउँमा रकम अभावले जडान गर्न सकिएको छैन’।
भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले आफु नगर क्षेत्रलाई स्मार्ट सिटि बनाउनका लागि परेको वताउदै, सीसी क्यामेरालाई २४ सै घण्टा सञ्चालन गर्न व्याकअपको व्यवस्था गर्ने वताए ।






















