हाजिरीजवाफ प्रतियोगितामा नोबेल प्रथम


बिजयी नोबेलको टिमलाई पुरस्कृत गरिदै ।

काठमाण्डौं, ५ जेष्ठ । काठमाण्डौमा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल प्रथम भएको छ । कान्तिपुर डेण्टल कलेजको आयोजनामा भएको प्रतियोगितामा नोबेल प्रथम भएको हो ।

बिजयी नोबेलले सिल्ड र प्रमाणपत्र पाएको नोबेलका ओरल मेडिसिन बिभागका लेक्चरर डा. पियुस शिवहरेले जानकारी दिए । नोबेलको तर्फबाट सहभागि बिना श्रेष्ठ, मेलिना मुल्मी, मञ्जुकुमारी शाह र स्लेसा गुरुङलाई कार्यक्रममा भारतीय दन्त चिकित्सक कृति नन्दिनाथले सिल्ड र प्रमाणपत्र प्रदान गरेकी थिईन् ।
प्रतियोगितामा उपाधिका लागि राजधानीसहित बिभिन्न जिल्लाका पाँच कलेजवीच प्रतिष्प्रर्धा भएको आयोजकले जनाएको छ । बिजयी टिमलाई नोबेल मेडिकल कलेजले कार्यक्रम आयोजना गरी सम्मान पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार