इटहरीमा भैंसी सुन्दरी प्रतियोगिता, हिरा बन्यो विजेता !


इटहरी, २९ वैसाख ।

सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ ।

वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे हिरा नाम दिइएको भैँसीले पहिरिएको छ ।इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसीले ३ दर्जन भैसीलाई जित्ने विजेता बनेको हो । विजेतालाई ११ हजार नगद दिइएको छ ।

यस्तै इटहरीका नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो हुँदै ९ हजार नगद जितेको छ । इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको छ ।

प्रतियोगितामा जिल्लाका तीन दर्जन वढी भैसीलाई प्रतिस्पर्धामा उत्रिरिएको थियो । किसानलाई उत्साहित गर्न भैसी सुनदरी प्रतियोगिता गराइएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए । भैसी सुन्दरी प्रतियोगितामा भैसीको स्वास्थ्य, सफाइलाई आधार मानेर छनौट गरिएको थियो ।

प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको बिमाको ब्यवस्था पनि गराइएको थियो । प्रतियोगितामा इटहरी वडा नं १, २, ३, ४ र २० बाट ३८ वटा भैंसीहरु सहभागी भएका आयोजक संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार