भोजपुरको अरुण गाउँपालिकामा १८ वर्षीय युवक मृत फेला


भोजपुर १६ बैशाख ।  भोजपुरको अरुण गाउँपालिका – ६ जरायोटार स्थित डाँडाँ टोलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । आईतवार बाट हराएका स्थानिय रवि श्रेष्ठका १८ वर्षीय छोरा शुमन श्रेष्ठ सोमबार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

श्रेष्ठलाई खोजी गर्ने क्रममा घर नजिकै खोलाको छेउमारहेको काभ्राको रुखमा झुन्डियर मृत भएको अवस्थामा फेला पारेका हुन । घटना भएको थाहा पाएपछि प्रहरी चौकी जरायोटारबाट प्रहरी टोली घटना स्थल पुगेको र घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार