हराएको चालिस दिनपछि शव भेटियो


उत्तरगया गाउँपालिका–२ डाँडागाउँका चोक्ता तामाङ हराएको ४० दिनपछि मृतावस्थामा नुवाकोटमा भेटिएका छन् । विदुर नगरपालिका–७ तुप्चेस्थित त्रिशूली जलविद्युत् केन्द्रको बाँधस्थित त्रिशूली नदीमा मंगलबार अपराह्न ४ बजे शव भेटिएको हो ।

 

उक्र शव फागुन २४ गतेदेखि हराएका तामाङकै भएको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

शवको जिल्ला अस्पताल, त्रिशूलीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ५७ वर्षीय तामाङ मकै पिस्न गाउँकै घट्टमा गएको समयमा हराएका थिए ।

उनको मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार