
उदयपुर । उदयपुरमा अटो रिक्साको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । सोमबार त्रियुगा नगरपालिका–३ मोतिगडामा स।१ ह १२५३ नम्बरको अटो रिक्साको ठक्करबाट सुनसरी चक्रघटी बस्ने वर्ष ८० की पदम लक्ष्मी श्रेष्ठ गम्भिर घाइते भएकी थिईन् । श्रेष्ठलाई अटो रिक्साले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो ।
घाइते श्रेष्ठलाई जिल्ला अस्पताल गाईघाटमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर लैजान क्रममा बाटो मै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख लोकबहादुर दियालीले बताए । अटो रिक्साका चालक रोहित प्रधान र अटो रिक्सा प्रहरीको नियन्त्रणमा रहेको छ ।






















