भोजपुर साक्षर जिल्ला घोषणा, कार्यक्रममा वोल्दै यसो भने मुख्यमन्त्री शेरधनले !


भोजपुर,२५ चैत्र ।
भोजपुर जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । जिल्लामा १५ देखि ६० वर्ष उमेर समुहको साक्षरता प्रतिशत ९६ दशमलव ४३ प्रतिशत पुगेसंगै साक्षर जिल्ला घोषण गरिएको हो ।

आइतवार एक कार्यक्रमका विच प्रदेश नम्वर एकका मुख्य मन्त्री शेरधन राईले जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन् । भोजपुर प्रदेश नम्वरका १४ ओटा जिल्ला मध्ये भोजपुर ९औ जिल्लाका रुपमा साक्षर घोषणा भएको हो ।  घोषणा कार्यक्रमा वोल्दै राईले शिक्षा क्षेत्रको विकास गर्दै प्रदेश नम्वर – १ लाई नमुना प्रदेश वनाउने वताएका छन् ।

भोजपुरका जनताले आफुलाई भारी मत दिएर विजयी गराएसंगै मुख्यमन्त्री वन्न सफल भएको वताउदै अव भोजपुरलाई पहिलो प्राथमिकतामा राख्दै विकासका क्रियाकलापलाई अगाडी वढाउने उनको भनाई थियो । प्रदेश नम्वर एक सवै क्षेत्रको सम्भावना भएको प्रदेश रहेको वताउदै जिल्लासंगै प्रदेशको स्वाथ्य शिक्षा, यातयात, विद्युत खानेपानी लगाएतलाई पहिलो प्राथमिकताका राखेर काम गर्ने समेत वताए ।

उनले भने ‘प्रदेश नम्वर १ मा धेरै कुराको सम्भावना भएकाले यसलाई नमुना प्रदेश वनाउने गरि निति तथा कार्यक्रमहरु तयार गरिरहेको छु ।’ साथै जिल्लाको विगत देखिको सडक समस्या अव लामो समय सम्म नरहेने उनको भनाई थियो । ‘ भोजपुरमा रहँदै आएको सडकको समस्या अव धेरै समय रहँदैन त्यसको काम तिव्रगतिमा भइरहेको छ, उनले भने । साथै उनले भोजपुर एयरपोर्ट देखि वजार सम्मका सडक पनि चाडै निर्माण गरिने वताए ।

जिल्लामा स्थानिय तह अनुसार साक्षरता प्रतिशत हतुवागढी गाउँपालिकामा ९५ दशमलव ७८, रामप्रसाद राई गाउँपालिकामा ९७ दशमलव ०८ प्रतिशत, ट्याम्केमैयुङ्ग गाउँपालिकामा ९६ दशमलव ७२ प्रतिशत, पौवादुम्मा गाउँपालिकामा ९५ दशमलव ९० प्रतिशत अरुण गाउँपालिकामा ९६ दशमलव ३२ र साल्पा सिलिछो गाउँपालिकामा ९५ दशमलव ६६ प्रतिशत रहेको जानकारी दिएको छ ।

त्यस्तै भोजपुर नगरपालिकामा ९७ दशमलव ५८ र षडानन्द नगरपालिकामा ९६ दशमलव ३७ प्रतिशत रहेको छ ।
जिल्ला साक्षर घोषणा गरिएको भए पनि आगमी दिनमा पनि निरन्तर शिक्षाको कक्षा चलिरहने अनौपचारीक शिक्षा केन्द्रका उपनिर्देशक गुणराज पोखरेलको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार