सुनसरीको श्रीपुरमा आगलागी, १६ घर जलेर नष्ट


सुनसरी । सुनसरीको कोसी गाउँपालिका ६ स्थित श्रीपुरमा आगलागी भएको छ ।

आइतबार लागेको आगोले १६ घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय सुनसरीका डिएसपी नारायाणप्रसद चिमोरियाले बताए ।

अहिले एक भारतको सहित इनरुवा र इटहरीको दमकलले आगलागी नियन्त्रणको प्रयास जारी राखेको छ ।

आगलागी के कारणले भएको हो भन्ने खुल्न नसकेको र क्षतीको विवरण पनि आइनसकेको प्रहरीले जनाएको छ ।

केही समय पहिला पनि सुनसरीको बाहृक्षेत्र नगरपालिका ११ स्थित मधुवनको सरदार बस्तीमा भएको आगलागीले बस्ती नै सखाप भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार