जिल्ला प्रशासन कार्यालय भोजपुरमा स्तनपाई आमाको लागि यस्तो सुविधा


भोजपुर ८ चैत्र ।
जिल्लला प्रशासन कार्यालय भोजपुरमा स्तनपान कक्षाको स्थापना गरिएको छ । महिला सेवा ग्राहिलाई मध्यनजर गर्दै बुधवार स्तनपान कक्षको स्थाना गरिएको हो ।

प्रशासन कार्यालयमा साना नानीहरु लिएर सेवा लिन आउने महिलाहरुलाई सहज होस भन्ने उद्धेश्यले स्थापना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यैपानेले जानकारी दिए ।

स्तनपान कक्ष सञ्चालनमा आए पछि बच्चाका आमाहरुलाई स्तनपान गराउन सहज हुने समेत न्यैपानेले बताए । उनले भने ‘सहज रुपमा स्तनपान गराउन स्तनपान कक्षमा दुई वटा कुर्सी राखिएको छ , एक पटकमा एक जनाले स्थानपान गराउन सक्ने व्यवस्था मिलाईएको छ ।’

यस कक्षमा गएर स्थानपाई आमाहरुले आफ्ना बच्चालाई सहज रुपमा स्थतनपान गराउन सक्ने छन् । स्तनपाई आमाहरुले समेत यस्तो हुदा आफुहरुलाई सहज हुने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार