स्कूल बसको ठक्करबाट महिलाको मृत्यु


२२ फागुन । स्कूल बसको ठक्करबाट पैदलयात्री एक महिलाको सोमबार बेलुका मृत्यु भएको छ । एभरेष्ट बोर्डिङ स्कूलको को १ क ८३७ नं को बसको ठक्करबाट पैदलयात्री मोरङको विराटनगर–५, बस्ने ५० वर्षीया शारदा मण्डलको मृत्यु भएको हो ।

 

बसको ठक्करबाट गम्भीर घाइते महिलाको कोशी अञ्चल अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ ।

 

ठक्कर दिने बस र त्यसका चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार