टीकापुरमा छुरा हानेर फरार दुई युवक  समातिए


काठमाडौं,२१ फागुन ।

कैलालीको टीकापुरमा हालीको दिन एक युवकलार्इ छुरा हानेर फरार दुई जना काठमाडौंबाट पक्राउ परेका छन् ।

 

टिकापुर प्रहरीको सिभिल टोली र महानगरीय प्रहरी वृत, बालाजुको संयुक्त टोलीले टिकापुर नगरपालिका–९ का सन्दिप रावल र टिकापुर–६ का सागर पाण्डेलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।  छुरा प्रहारबाट स्थानीय करन थापाको मृत्यु भएको थियो ।

पक्राउ पक्राउ परेका दुई जनालाई बालाजु वृतमा राखिएको डिएसपी विश्वदिप खड्काले बताए ।उनीहरुलाई टीकापुर लैजाने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार