भोजपुरको शनिवारे हटिया छेउमा ट्याक्टर दुर्घटना, एक घाइते


भोजपुर, १० फागुन ।
भोजपुर सदरमुकामको शनिवारे हटिया नजिकै ट्याक्टर दुर्घटना भएको छ । रड र सिमेन्ट वोकेर भोजपुर वजारबाट कोदार तर्फ जादै गरेको को २ त ६८६४ नम्वर ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

 

 

 

अहिले वेलुका ७ः ३० वजे भएको दुर्घटनामा भोजपुर देउराली घर भएका चालक २७ वर्षिय विसाल तामाङ्ग घाइते भएको प्रहरीको भनाई छ । उनको सिद्धकाली हस्पीटलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडकबाट १५ मिटर तल खसेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार