भोजपुरमा सानोदुङ्मामा घुम्ती शिविर मार्फत ८५ जनालाई नागरिकता …


भोजपुर, २७ माघ ।
भोजपुरको पोवादुङ्मा गाउँपालिकाको सानोदुङ्मा एकिकृत घुम्ती शिविर मार्फत नागरिकता वितरणसंगै अन्य विविध सेवा दिएको छ । शिविरबाट ८५ जनालाई नागरिकता वितरण, ३ जनालाई अपाङ्गता परिचय पत्र वितरणसंगै जिल्ला स्वास्थ्य कार्यालय र नेपालीले सञ्चालन गरेको स्वाथ्स्य शिविरबाट एक सय ६० जनाको स्वास्थ्य परीक्षण गराएका छन् ।

त्यस्तै कृषि तर्फ एक सय २८ जना कृषकलाई विउ वितरण गरिएको छ । त्यस्तै पशु सेवा कार्यालयबाट एक सय ३० जनाले परामर्श लिएका छन् । जिल्ला वन कार्यालय र भुसंरक्षण कार्यालय मार्फत १२ सय विरुवा वितरण र एक थान पम्पीङ्ग सेट वितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालय भोजपुरको अगुवाई तथा अन्य विषयगत कार्यालयको आयोजनामा गरीएको शिविरमा विषेश गरेर नागरिकताको प्रमाण पत्र, आपङ्गता परिचय पत्र वितरणसंगै, निशुल्क स्वास्थ्य परीक्षण, पशु, सिंचाई, विद्युत, कृर्षी, घरेलु लगाएतका कार्यालयबाट दिईने सेवा दिएको थियो ।

स्थानीय स्तरका नागरिकलाई गाउँकै पायक पर्ने स्थानबाट सबै खालका सेवा दिने उद्धेश्यले सिविर आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधीकारी उपेन्द्र न्यौपानेले वताए । शिविरमा स्थानियसंगै , प्रमुख जिल्ला अधिकारी फणीन्द्र दाहाल, सहायक प्रमुख जिल्ला अकिकारी उपेन्द्र न्यौपाने, अनुसन्धान अधिकृत नारायण आर्चय, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख दिपेन्द्र पंजियार थारु, ससस्त्र प्रहरीबल टक्सार गुल्मका प्रमुख सूर्य प्रसाद तिमल्सेना जिल्ला भु संरक्षण कार्यायका प्रमुख संजय कुमार मिश्र, कार्यालयका प्रमुख तथा प्रतिनिधी उपस्थिति रहेको थियो । घुम्ती शिविर शनिवार सञ्चालन गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार