टेम्केमैयुङ गाउँपालिका–५ माअन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु


भोजपुर, २७ वैशाख । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा अन्तरवडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । गाउँ खेलकुद विकास समिति खावाको आयोजनामा तथा वडा नं. ५ कार्यालय खावाको मुख्य प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा २४ टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिता वैशाख २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको मुख्य प्रायोजक वडा कार्यालय खावा रहेको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टोलीले नगद रु. २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनलमा पुग्ने दुई टोलीलाई जनही रु. १०÷१० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडा नं। ५ का वडाध्यक्ष सुनिल राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार