प्याउलीमा जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न


भोजपुर, १५ जेठ । अरुणको प्याउलीमा जेष्ठ नागरिकको लागि एक दिने स्वास्थ्य प्रवर्द्धन सेवा कार्यक्रम सम्पन्न गरियको छ । यहाँका नागरिकलाई सहजरुपमा सेवा पुर्याउने गर्ने उदेश्यले कार्यक्रमकोे आयोजना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरले जाएको छ । स्वास्थ्य प्रवर्द्धन सेवाबाट करिव ७० जना बढी जेष्ठ नागरिहरुले सेवा लिएका छन् । आयुर्वेद स्वास्थ्य सेवाबाट कोही पनी बञ्चीत नहुन भन्ने उदेश्यले यो संगै जिल्लाका विभिन्न ठाउँमा शिविर मार्फत सेवा प्रदान गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भोजपुरका प्रमुख मनोज कुमार पंडितले बताए । पछिल्लो समय यस तर्फ विरामी आर्कषण समेत बढेको उनको भनाई छ । सामान्य विरामीहरुलाई कार्यक्रममानै उपचार तथा औषधी वितरण गरिएको र थप उपचार गर्नु पर्ने विरामीहरुलाई जिल्लामा बोलईएको प्रमुख पंडिले जानकारी दिए ।


उपचारका लागि आउने अधिकांश पायल्स, ढाडको समस्या, जन्डिस, ग्यास्ट्रिक, दमखोकी, हाडजोर्नीका समस्या र नसासम्बन्धीका रोगी रहेको कार्यालयका वैध अनिल कुमार मण्डलले जानकारी दिए । यस्ता दृर्घ रोगीहरुलाई आयुर्वेद औषदीको प्रयोग उपयोगी हुने उनको भनाई छ । उनीहरुलाई औषधी वितरण संगै आवाश्यक परार्मस समेत दिएको कार्यालयको वैध मण्डलले बताए ।

शिविर मार्फत सेवा प्रदान गर्दा स्थानीय नागरिकलाई सेवा लिन सहज भएको जिल्ला समन्य समिति भोजपुुरले जाएको छ । पछिल्लो समय आयुर्वेद उपचार तर्फ मानिसहरुको आर्कषण बढ्दै गएकालाई यो उपचार पद्धतीलाई थप प्रभाबकारी बनाउन आवश्क रहेको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार