भोजपुर हातेमालो सेवा समाज युएईद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग हस्तान्तरण


भोजपुर,२३ चैत । भोजपुर नगरपालिका -९ पानीट्याङकी क्यानस पीडित प्रविना तामाङको उपचारको संकलित रकम हस्तान्तरण गरिएको छ । भोजपुर हातेमालो सेवा समाज युएईको अगुवाईमा संकलित ५८ हजार तीन सय रकम हस्तान्तरण गरिएको हो । बैदेशिक रोजगारीको शिलसिलमा विदेशमा रहेका भोजपुरे तथा अन्य जिल्लका नेपालीहरुको सहयोगमा रकम संकलन गरिएको समाजले जनाएको छ ।

संकलित रकम समाजका प्रमुख सल्लाहकार ज्ञानेन्द्र राईले पिडितका आफन्तलाइ हस्तानतरण गरेका हुन । रकम हस्तानतरण गर्दै प्रमुख सल्लाकार राईले यो अभियानमा लाग्ने समाजका सल्लाहाकार प्रेम शेर्पा, कोषाध्यक्ष अश्मी तामाङ तथा आर्थिक सहयोग गर्ने सवैलाई धन्यबाद तथा आभार समेत ब्यक्त गरेका छन् । त्यस्तै समाजले कोरोना माहामारी तथा विभिन्न समयमा जिल्लामा सहयोग गर्दै आएको भोजपुर हातेमालो सेवा समाजका वरिष्ठ उपाअध्यक्ष छिरिङ शेर्पाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार