ब्लड क्यान्सर पीडित भोजपुरकी १३ वर्षीया बालिकाको उपचारमा आर्थिक अभाव, सहयोग गर्न परिवारको आग्रह


भोजपुर, २२ पौष । ब्लड क्यान्सर भएकी भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ चोलन्तीकी १३ वर्षीया वालिकाको उपचारमा आर्थिक अभाव भएको छ । आर्थिक अभावमा सानो उमेरमा ब्लग क्यान्सर भएकी सविना विष्टलाई उपचार गराउन समस्या भएको हो । परिवारको निम्न आय भएको कारण उपचारमा समस्या भएको उनको परिवारले जनाएको छ । हालसम्म उपचारको क्रममा आफुसँग भएको पैसा सकिएकाले थप उपचारमा समस्या भएको उनका बुवा गेरेन्द्र बहादुर विष्टले बताए। हाल उनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।

नाकबाट आकस्मात रगत आएपछि उपचार गराउने क्रममा बालिकामा ब्लड क्यान्सर भएको डाक्टरले बताएको उनका बुवाले बताए । उनको ज्यान बचाउनको लागि आर्थिक सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । ‘छोरीको उपचारमा आर्थिक अभाव भएको छ,’बालिकाका बुवाले भाबुक हुँदै भने,‘ मंसग भएको सबै सम्पति सकियो । अस्पतालमा तिर्ने पैसासमेत छैन । छोरी ज्यान बचाउन सबैसँग सहयोगको आशा गरेको छु ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार