दुङमाली भाषा संरक्षण र गाउँपालिका नामाकरणको नेतृत्व गरेका तीर्थ कुमार राई राष्ट्रपतिबाट विभूष


भोजपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस) २०७८ का अवसरमा घोषित विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका करिब ५ सयजनालाई आज सुशोभन गरेकी यीनैमध्ये एक भोजपुर पौवादुङ्मा गाउँपालिका(६ ठूलोदुम्माका तीर्थकुमार राई सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट जनसेवाश्री पदकबाट विभूषित भएका छन् लोपोन्मुख दुङमाली भाषा संस्कृतिको संरक्षण, सम्वर्द्धन, उत्थान र विकासमा पुर्‍याएको टेवाको कदर गर्दै उनलाई उनलाई पदकका लागि सिफारिस गरिएको थियो ।

शिक्षक एवं अधिवक्तासमेत रहेका राई किरात राई दुङमाली मातृभाषाको स्थानीय विषयको पठनपाठन सुरूवात गराएका छन् । २०७३ सालको स्थानीय तह पुनसंरचनाको क्रममा भूगोल र लोपोन्मुख दुङमाली मातृभाषाको पहिचान स्थापित गराउन उनले गाउँपालिकाको नाम नै पौवादुङमा नेतृत्व र पैरवी गरेका थिए । शिक्षक महासंघ, रेडक्रस सोसाइटीमा समेत आबद्ध राई एमाले प्रदेश कमिटी सदस्यसमेत हुन् । उनी भोजपुर एमालेमा प्रभावशाली नेताको रूपमा मानिन्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार