पञ्चकन्या मावि च्याङग्रेका संस्थापक शमशेर बहादुर कार्कीका परिवारले स्थापना गरे ‘अक्षयकोष’


भोजपुर, २९ चैत । पौवादुङमा गाउँपालिमका केन्द्र च्याङग्रेमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका संस्थापक शमशेर बहादुर कार्कीको मरोणपरान्त सम्मान कार्यक्रम गरिएको छ । शिक्षाको विकासका लागि स्वर्गीय कार्कीले पु¥याउनु भएको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको हो । गाउँपालिका अध्यक्ष किरण राईको प्रमुख आथित्यतामा भएको कार्यक्रम मार्फत शिक्षा सेवी कार्कीको नाममा उनका परिवारका सदस्यले विद्यालयका लागि एक लाख २२ हजार २१० रुपैँया हस्तान्तरण गरेका छन् ।

कार्कीका छोरीहरु अम्बिका कार्की, सकुन्तला कार्की, इश्वरी कार्की र ज्वाइँहरु देवी प्रसाद खड्का, बल बहादुर शाहले संयुक्त रुपमा विद्यालयमा अक्षय कोषसँगै पाठ्यपुस्तक हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अथिति तथा गाउँपालिका अध्यक्ष किरण राईले शिक्षा सेवी कार्कीले शैक्षिक क्षेत्रको विकासमा खेलेको भूमिका अतुलनिय रहेको बताए । कार्कीले देखाउनु भएको सपनालाई पुरा गर्न आफूले गाउँपालिकाका जनताको सेवा गर्ने अवसर पाएपछि शिक्षाको विकासमा प्राथमिकताका साथ काम गरिरहेको बताए ।

अध्यक्ष राईले भने,‘ हाम्रा अग्रज शमशेर बहादुर कार्कीले यहाँको शिक्षाको विकासका लागि पु¥याउनु भएको योगदान अतुलनिय छ । त्यो समयमा उहाँको दुरदर्शी सोचाईले आज हामीले ज्ञान प्राप्त गर्ने अवसर पाएका छौँ । उहाँको योगदानको हामीले सधै सम्मान गर्दै शिक्षाको विकासमा लागि पर्न आवश्यक छ ।’

पञ्चकन्या माध्यमिक विद्यालयलाई पूर्वको नमूना विद्यालय बनाउने लक्ष्यका साथ काम गरिरहेको राईले बताए । अध्यक्ष राईले भने,‘हाम्रा अग्रजहरुले त्यो समयमा शिक्षाको विकासका लागि योगदान पु¥याउनुभयो । विद्यालयका सवै सस्थापकहरुको सम्मान गर्ने हाम्रो योजना छ । उहाँको सम्मान गर्नु हामी जस्ता नयाँ पुस्ताको दायित्व हो । आगामी दिनमा यस विद्यालयलाई पूर्वको नमूना विद्यालय बनाउने मेरो लक्ष्य छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार