भोजपुरमा दुई जनाले गरे आत्माहत्या..


भोजपुर २५ पौष ।
भोजपुर जिल्लाको छुट्टाछुटै स्थानमा दुई जनाले आत्माहत्या गरेका छन् । रामप्रसादराई गाउँपालिकाको भुल्के र टेम्केमैयुङ्ग गाउँपालिकाको लेखर्कमा आत्माहत्या गरेका हुन् । रामप्रसाद राई गाउँपालिकामा गितवहादर तामाङ्गका २४ वर्षिय छोरा पुस्तक तामाङ्गले झुन्डिर आत्मा हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तामाङ्गलाई मंगलबार विहान घर देखि ५ सय मिटर पर रहेको दुदिलोको रुखमा झुन्डिएको अवस्थामा फेला पारेका प्रहरीको भनाई छ । मृतकको सवलाई आवश्यक प्रकृया पुरा पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउदै गरेको प्रहरीले जनाएको छ । आत्महत्या गर्नुको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान गरिरहेकोे प्रहरीले बताएको छ ।

त्यस्तै आइतवार लेर्खकमा ३४ वर्षिय भवानी घिमिरेले पनि आत्माहत्या गरेका छन् । घिमिरेले स्थानिय अजम्वरी सामुदायिक वनमा झुन्डिएर आत्माहत्या गरको प्रहरीको भनाई छ । यो संगै भोजपुरमा पौष महिनामा मात्रै ५ जनाले आत्माहत्या गरेको तथ्याङक रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्पेक्टर खेम नेपालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार