मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा


बाँकेमा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा सञ्चालन हुँदै आएको छ । मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण तथा यसविरुद्धको अभियान सञ्चालन गर्ने सरकारी संयन्त्र क्रियाशील नहुँदा घटना न्यूनीकरणमा चुनौती थपिँदै गएको छ ।

मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउनेदेखि लिएर, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्लास्तरीय समितिको बैठक सञ्चालनसमेत गैरसरकारी संस्थाको अग्रसरतामा हुने गरेको छ । जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्लास्तरीय समिति क्रियाशील नहुँदा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको अगुवाइमा हुने गरेको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारीको जिम्मामा धेरै समिति हुने भए पनि मानव बेचबिखन तथा ओसारपसारविरुद्धको समितिलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ छ । “गैरसरकारी संस्थाले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “राज्यले पीडितले निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घसंस्थाले सहयोग गरिरहेका छन् ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार