भोजपुरमा पनि मानव बेचविखन तथा ओसारपसार विरुद्ध दिवस मनाईयो


भोजपुर, २० भाद्र ।
मानव बेचविखन तथा ओसार पसार विरुद्धको १३ औं राष्ट्रिय दिवस भोजपुरमा पनि मनाइएको छ । शुक्रबार दिवसको अवसरमा जिरोप्वाइट देखि चारभञ्ज्याङ सम्म ¥याली निकालिएको थियो ।

¥याली पश्चात कार्यक्रममा बोल्ने बत्ताले बेचविखनमा पर्नेहरु प्रलोभनमा पर्ने गरेकाले गाउँगाउँ सम्म सचेतनाको कार्यक्रम लैजानु पर्ने बताएका थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले मानव बेचबिखन तथा ओसारपसारको बदलिँदो स्वरुप, दलालले अपनाउने नयाँ प्रविधि र तरिकाले विश्वमा लागूऔषध र हतियारपछिको तेस्रो ठूलो अपराधका रूपमा देखा पर्दै गएकाले सङ्गठित अपराध रोक्न सबै जना एक हुनुपर्ने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक नरबहादुर सलामी मगरले यस्तो अपराध कुनै एक जनाको प्रयासले मात्र नियन्त्रण नहुने भएकाले सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

नयाँ स्वरूप, बहाना, आश्वासन, प्रलोभनमा परेर झुटो विवाहको बहानामा समेत चेलीबेटी बेचबिखन हुने गरेकाले सबै जना त्यसतर्फ पनि सचेत हुनु पर्ने उनले बताए । साथै उनले बेचबिखनको प्रमुख कारण अशिक्षा र जनचेतनाको कमी, बेरोजगारी, दलालको आर्थिक प्रलोभन, असुरक्षा र हिंसाको स्थिति, बढ्दो शहरीकरण र बसाइँसराइँ, महिला एवम् बालबालिका माथि हुने घरेलु हिंसाको रहेको बताए । कार्यक्रम जिल्ला प्रहरी कार्यालय भोजपुरको आयोजनामा गरिएको हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार