
बझाङ, २० भाद्र । बझाङ जिल्लामा प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने कुरीती, कुसंस्कारलगायतका क्षेत्रमा प्रहरीले सक्रियता बढाएको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न विद्यालय, गाँउ बस्तिका साथै सडक चोक, गल्लीहरुमा जिल्लामा हुने गरेका हानिकारक चालचलन विरुद्ध सचेतना मुलक र्याली सडक नाटक लगायत अन्तरक्रिया कार्यक्रम जस्ता सचेतना मुलक कार्यक्रमहरुलाई बढाउँदै लिएको स्थानीय बासिन्दाले बताएका छन् ।जिल्लामा उत्पादन हुने अबैध मदिरा, जुवातास, लागुऔषध मानव बेचविख, लगायतका विषयमा जिल्ला प्रहरी कार्यालयले यहाँका नागरिकहरुलाई जम्मा गरी कानुनी विषयदेखि यसले पार्ने हानी नोक्सानीका विषयमा सचेत गराउने काम तिब्र रुपमा गरिएको नागरीक समाजका अगुवा धर्मजंग बहादुर सिहँले बताए ।
जिल्ला प्रहरी कार्यालयले एक साता भित्र १३ किलो २०० ग्राम लागुऔषध चरेश समात्न सफल भएको छ । यस्तै जिल्लामा विभिन्न भुभागमा उत्पादन भएको गाँजा खेती समेत नष्ट गरेको छ । यस्तै सदरमुकमा चैनपुरमा रहेका होटेल पसलहरुबाट पटक पटक गरी २५ सय ९६ लिटर अबैध मदीरा बरामत गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी शुक्रबार मात्रै एक वृहत कार्यक्रमका बिच मानव बेचविखन विरुद्ध सदरमुकाम चैनपुरको चौराहमा सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गरेको छ । यसका साथै प्रहरीको सक्रियतामा जथाभावी रुपमा मनपरी ढंगले सेती नदी र बाउली खोलामा भइरहेका बालुवा गिट्टी उत्खनन् कार्यमा समेत प्रहरीले विषेश निगरानी बढाएको छ ।
जिल्लामा हुने अबैध क्रियाकलाप रोक्न र जिल्लाको शान्ति सुरक्षालाई मजबुद बनाउन प्रहरीले सक्रियता बढाएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले बताए । समाज सुधार गर्न प्रहरीको ठुलो भुमिका हुने भएका कारण आफुहरु समाज सुधार गर्न लागी परेको र यसमा आम नागरिकका साथै विषेश गरेर यहाँका जनप्रतिनीधीहरुले प्रहरीलाई साथ दिन आवष्क रहेको उनले बताए ।




















