संखुवासभा । खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयको रमक घोटला गर्न काउन्टर साहकले १३ लाख ९५ हजार ४७ रुपैयाँ बुझाएका छन् । विहीबार खानेपानी तथा उपभोक्ता समितीले पत्रकार सम्मेलन गर्दे काउन्टर सहायक सुरेश ढकाले सोमबार १३ लाख १३ लाख ९५ हजार ४७ रुपैया बुझाएको खानेपानी समितीका अध्यक्ष नरेन्द्र राईले पत्रकार सम्मेलनमा जानकारी दिए ।
काउन्टर साहयक ढकालले खानेपानी बापत महशुल र नगदी रसिद बाट लाखौ रकम घोटला गरेका थिए । खानेपानी कार्यालयमा आयोजनामा लाखौ रकम घोटला भएको ब्यापक गुनासो बढेपछि २०७५ माघ ११ गते छानविन समिती गठन भयो । छानविन समितीले काउन्टर साहक सुरेश ढकालले १३ लाख बढी रकम घोटला गरेको भन्दै गत बैशाख १४ गते समितीलाई प्रतिवेदन बुझाएको थियो । खानेपानीको १३ लाख बढी रकम घोटला गरेको प्रतिवेदन सार्वजनिक भएको चार महिना पछि राष्ट्रिय बाणिज्य बैकमा सोमबार रमक जम्मा भएको भौचर उपलब्ध भएको खानेपानी कार्यालयले जनाएको छ ।
उजुरी दर्ता भएपछि मात्र रकम जम्मा गरे
खानेपानी समितीले रमक बुझाउन पटक पटक म्याद थप गरेर चार महिना बितेपछि सुरेशले घोटला गरेको रमक फिर्ता गरेका छन् । समितीले काउन्टर साहयक ढकाललाई घोटना गेरको रमक बुझाउन मौखिक तथा लिखित पत्र पठाउँदा उनले उल्टै समितीका अध्यक्ष, कोषाध्यक्ष, कार्यालय प्रमुख र लेखापाल लाई उच्च अदालत विराटनगर धनकुटा इजालसमा रिट समेत हालेका थिए ।
समितीले मुलुकी संहिता २०७४ को २५२ अनुसार अपराधी विस्वासघात शिर्षकमा संस्थाले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेको थिए । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको जानकारी पाएपछि काउन्टर साहयक ढकालले १३ लाख ९५ हजार ४७ रुपैया रकम जम्मा गरेको भौचर खानेपानी कार्यालयमा बुझाएको समितीले जनाएको छ ।




















