पौवादुङमा गाउँपालिकाद्धारा तालाबन्दीको विषयमा धारणा सार्वजनिक, निति विपरितको माग राखेर जनतालाई भ्रममा नपार्न असन्तुष्ट पक्षलाई आग्रह -भिडियो सहित


भोजपुर, १५ भाद्र ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले कार्यालयमा गत वुधबार प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताले गरेको तालाबन्दीको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भोजपुरको कार्यालयमा पत्रकार सम्मलेन गर्दै गाउँपालिका अध्यक्ष किरण राईले सो विषयमा गाउँपालिकाको धारणा राख्नु भएको हो ।

पत्रकार सम्मेलन मार्फत गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष कसैलाई पनि जानकारी समेत नदिई गरिएको उक्त काम प्रति गम्भिर ध्यानकर्षण भएको समेत बताउनु भयो । उहाँले विपक्ष दल नेपाल काङग्रेसले गरेको उक्त काम घृणित रहेको वताउदै गाउँपालिकाको पाँचौ सभाले पारित गरेको बजेट निति तथा कार्यक्रम विपरित रहेको समेत वताउनु भयो । वजेट निर्माणको क्रममा गाउँपालिकाका सवै राजनैतिक दलहरुसंगको सहकार्यमा तयार गरिएको र पछि आएर कोरियण भाषा पशिक्षणको विषय ल्याएर विना कुनै आधार गाउँपालिकाबासीमा भ्रण छर्न खोजेको समेत बताउनु भयो । राईले भन्नुभयो‘गाउँपालिकाको लक्ष्य युवालाई विदेश पठाउनु होइन, तर स्थानीय स्तरबाट भाषा कक्षाको माग भएपछि गाउँसभाबाट पारित गरेर अल्पकालिन रुपमा कक्षा सञ्चालन गर्न खोजेको त्यसलाई विरोधको माध्यम बनाएर ताला लगाउनु आपत्ति जनक छ।’

अहिले नेपालको तत्कालको अवस्थालाई हेर्दा राष्ट्रको अर्थतन्त्रको आधारशिला वैदेशिक रोजगार रहेको र त्यसलाई तत्कालै हटाउन सकिने अवस्था रहेकोले वैदेशिक रोजगारलाई सुरक्षित बनाउदै,भाषाको ज्ञान दिनका लागि मात्र कोरियण भाषा प्रशिक्षण कक्षा सञ्चालन गर्न लागेको प्रष्ट पार्नु भयो । उहाँले विरोधका लागि विरोध स्वरुप युवा जतिलाई भाषा सिकाएर गाउँपालिकामा हालिमुहाली गर्न लागेको भनेर प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले लगाएको आरोप अन्यतै कोरा, कपोलकल्पित, भ्रमित एबं बालहट रहेको समेत वताउनु भयो ।
गाउँपालिकाले रोजगारी सृजना गर्न विभिन्न खाले कार्यक्रम सञ्चालन गरिरहेको र अल्पकालिन रुपमा सञ्चालन गर्न लागेको कोरियण भाषा प्रशिक्षण कार्यक्रमको विरोध गर्नुको कुनै अर्थ नभएको समेत बताउनु भयो । भाषा सिक्नको लागि गाउँपालिकाबाट करोडौ पैसा वाहिर गईरहेकोले इछुक युवालाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न लागेको उहाँले वताउनु भयो ।
पाँच लाख ५० हजार लागतमा १०० जना युवा युवतीलाई ११ महिने कक्षा दिईने समेत प्रष्ट पार्नु भयो ।स्वरोजगार वनाउन गाउँपालिकाले ढाका वुनाई, कोकटी वुनाई, दलित समुदाय लक्षित खुकुरी निर्माण तालिम, डकर्मी तालिम पलम्वीङ, तालिम लोक सेवा तयारी कक्षा तालिम लगाएत अन्य विभिन्न खाले कार्यक्रम सञ्चालन गरिहेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार