मच्छेगाउँका लाखे सहरमा


भक्तपुर, १५ भाद्र। मच्छेगाउँका लाखे सहर पसेका छन् । शनिबारदेखि उनीहरू भक्तपुर ललितपुर अनि काठमाडौंका विभिन्न स्थानमा नाच्दै सहर प्रवेश गरेका हुन् । स्थानअनुसार नेवारहरूले आआफ्नो तरिकाले नाच्दै सहर सहर डुल्न थालेका हुन् ।

स्थान विषेश रूपमा घण्टाकर्णदेखि इन्द्रजात्रासम्म नाचिने लाखे नाच यही २० र २१ भदौमा मच्छेगाउँमा प्रदर्शनी हुने भएको छ । विगतका समयमा नेवार समुदायमा भूत, प्रेत, पिसाच र घाउखटिरालगायत अनुहारमा आउने डन्डीफोरलगायतका विभिन्न रोगब्याधीको समाधानका लागि नाचिने लाखे नाचको आफ्नै महŒव रहेको लाखे नाच प्रदर्शनीका संयोजक रमेश शाही बताउँछन् ।उनका अनुसार देशभरमा आ–आफ्नो स्थानअनुसारको लाखे नाच नाचिने गरेको छ । यसैकारण देशभर नाचिने लाखे नाच एकै स्थानमा हेर्ने तथा आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गर्ने उद्देश्यका साथ उक्त नाचको आयोजना गरिएको उनले बताए ।
नेपाल सांस्कृतिक कला मन्दिरको आयोजनामा चन्द्रागिरि नगरपालिका–९ मन्छेगाउँमा हुने उक्त लाखे नाच कुनै महोत्सवभन्दा कमी नभएको आयोजक सदस्य धर्मभक्त गोपाली बताउँछन् । उनी भन्छन्, ‘देशभरबाट १५० भन्दा बढी लाखे समूहको उक्त कार्यक्रममा सहभागिता हुने पक्का भएको छ ।

देशभरमा नाचिने उक्त नाचको आफ्नै महŒव रहेको छ । आफ्नो मौलिकपनामा नाचिने उक्त नाच जातजाति र गुठीअनुसार नाचिदै आएको छ । कार्यक्रमको प्रचारका लागि मच्छेगाउँदेखि पाँच लाखे र सयभन्दा बढी वाद्यवादक भक्तपुरको दरबार स्क्वायर पाँचतले मन्दिर हुँदै पाटन दरबार स्क्वायर र काठमाडौंको असनसम्म नाच्दै प्रचारप्रसारमा जुटेका छन् । मच्छेगाउँको सबैभन्दा पुरानो लाखे गोपाली लाखेदेखि मानन्धरका दुई लाखे शाहीको लाखे र देसारको गरी पाँच लाखे शनिबार उपत्यकाका तीनै जिल्ला नचाइएको हो ।

आफ्नो संस्कृति परम्परा देशभर साटासाट गर्ने उद्देश्यले आयोजना हुन लागेको लाखे नाच हाम्रो संस्कृति परम्परा जोगाउनेदेखि संस्कृतिको जगेर्नाको लागिसमेत भएको आयोजक सदस्य अवीन्द्र मानन्धर बताउँछन् । उनका अनुसार दुई दिन देशभरका लाखेका लागि नाच्ने समय कम हो तर हामीले विभिन्न कारणले दुई दिन मात्र भए पनि देशका सबै लाखे खलहरूलाई एकै स्थानमा जम्मा गरी नाच्ने वातावरण बनाउने प्रयास गरेका छौं । मच्छेगाउँमा चौंथो लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार