धरान प्रहरीद्वारा खैरो हिरोइनसहित तीन प्रक्राउ


धरान । मंगलबार विहान धरान प्रहरीले खैरो हिरोइनसहित तीन जनालाई प्रक्राउ गरेको छ । प्रहरी चौकी पानबारीबाट खटिएको गस्तीले विहान २ बजे धरान ६ का ३० बर्षीय निराजन थापा, बर्ष २९ का सुमन परियार र धरान १५ का २४ बर्षीय संजोग थापालाई प्रक्राउ गरेको हो ।

उनीहरुलाई ८ सय २० ग्राम खैरो हिरोइनसहित धरान ६ बोर्डिड चौक सडक खण्डबाट प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सुमन तिम्सिनाले बताउनुभयो ।

को २५ प ९५०८ नम्बको स्कुटर र को १ प ९९३६ नम्बरको मोटरसाइकमा पूर्वबाट पानबारीतर्फ आउदै गर्दा शंका लागि प्रहरीले चेकजाच गर्दा सो परिणाम बराबरको खैरो हिरोइनसहित तीनजनालाई पक्राउ गरिएको हो । प्रक्राउ परेका तीनै जनालाई लागू औषध करोबारमा मुद्दा चलाइएको डिएसपी तिम्सिनाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार