षडानन्द नगरपालिकाको १७ औं नगरसभा सम्पन्न, ८९ करोड ६१ लाख बराबर बजेट प्रस्तुत


भोजपुर १० असार । षडानन्द नगरपालिकाको १४ औं नगरसभा सम्पन्न भएको छ । नगरसभा मार्फत आर्थिक २०८२/८३ नीति तथा कार्यक्रम पेश गरिएको छ । नगरसभा समक्ष नगरपालिका उमप्रमुखप्रमिला राईले चालु तथा पुँजीगत गरी कुल ८९ करोड ६१ लाख ६१ हजार २ सय ५२ रुपैँया बराबरको बजेट पेश गर्नुभयो । बजेट, निति तथा कार्यक्रम छलफल पछि सर्वसहमतिबाट पास भएको छ । नगरसभामार्फत आर्थिक विकासका कार्यक्रम अन्तर्गत कृषि, पर्यटन र भौतिकपूर्वाधारलाई प्राथामिकतामा राख्दै बजेट विनियोजन गरिएको छ ।

किसानहरुलाई कृषीमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ कृषि उत्पादनमा जोड दिने कार्यक्रम सञ्चालनको नीति लिएको छ । सवै वडालाई नगरपालिका केन्द्रसँग सहज रुपमा जोड्न यहाँको सडकहरुको विकासलाई प्राथमिकतामा राखेको छ । वजेट तथा कार्यक्रममा लक्षित समूहतर्फ आदिवासि जनजाति, अपाङ्गता, जेष्ठ नागरिक, दलित, महिला तथा बालबालिका लाई पनि समेटिएको जनाईको छ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिका प्रमुख सुरेन्द्र उदासले यहाँका नागरिकको आवश्यकता र नगरपालिकाको प्राथमिकतालाई ध्यानमा राख्दै बजेट, नीति तथा कार्यक्रम तयार गरिएको बताउनुभयो । उपलब्ध भएको सिमित बजेटको अधिकतम सदुपयोग गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षको लागि बजेट नीति तथा कार्यक्रम बनाइएको मेयर उदासको भनाइ छ । बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासमा जोड दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन प्रसाद चाँपागाँइले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार