
भोजपुर, २४ फागुन ।
११५ औँ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा टेम्केमैयुङ गाउँपालिकाका एकल, दलित, गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग गरिएको छ । दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत उनीहरुलाई सम्मान तथा सहयोग गरिएको हो ।
९ वटै वडाका महिलालाई समेटेर महिलालाई सम्मान तथा सहयोग गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । विभिन्न समस्या बीच पनि समाजमा संर्घष गरिरहेका एकल, दलित, गरिव विपन्न श्रमिक महिलाहरुलाई हौसलाप्रदान गर्नको लागि सम्मान तथा सहयोग गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।
“दिवसको अवसरमा हामीले वर्षेनी विभिन्न रचानात्मक कामहरु गरिरहेका छौँ”उपाध्यक्ष राईले भन्नुभयो,“यो वर्ष एकल, दलित गरिव विपन्न श्रमिक महिलालाई सम्मान तथा सहयोग गरेका छौँ । उहाँहरुले समाजमा पु¥याएको योगदानको कदर स्वरुप सम्मान गरेका हौँ । यसले उहाँहरुको संर्घषरत जीवनलाई थप सहज बनाउन सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” महिलाहरुलाई एक थान सिरक, एक थान डसना सिरानीलगायत सामग्रीका साथमा सम्मान गरिएको हो ।