टेम्केमैयुङमा ‘छैटौँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता’ शुरुआत


भोजपुर, २५ माघ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा गाउँपालिकास्तरिय ‘छैटौँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता’ शुरुआत भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबार वडा नं ४ नागीमा रहेको चण्डेश्वरी माध्यमिक विद्यालयमा शुरु भएको हो ।

गाउँपालिका स्तरिय छनोट प्रतियोगितमा गाउँपालिका भित्रका नौ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको छ । कार्यक्रममा बोल्दै जिल्ला खेलकुद विकास समितिका सचिव ग्याल्जेन शेर्पाले बालबालिकाको शारिरिक र मानसिक विकासको लागि टेवा पुग्ने बताउनुभयो । खेल क्षेत्रको विकासमा स्थानीय तहहरुले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रमका विषेश अथिति तथा गाउँपालिका उपाध्यक्ष रमादेवी राईले गाउँपालिकाले खेलकुदसँगै शैक्षिक क्षेत्रको विकासमा जोड दिएको बताउनुभयो । यस्ता प्रतियोगिताको माध्यमबाट बालवालिका शारिरिक तन्दुरुस्तीसँगै अनुशासित बन्न टेवा पुग्ने उहाँले धाराणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अथिति तथा गाउँपालिका अध्यक्ष सरोज बस्नेतले प्रतियोगिता सञ्चालनले विद्यार्थीहरुमा शैक्षिकसँगै प्रतिस्पर्धामक धारणाको विकास हुने बताउनुभयो । गाउँपालिकाको शैक्षिक गुणस्तरलाई सुधार गर्न गाउँपालिकाले विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । एईईको नजितलाई सुधार गर्नको लागि गाउँपालिकाले प्रत्येक विद्यालयलाई रुं २५ हजार प्रोत्साहन रकम उपलब्ध गराइएकोसमेत जानकारी दिनुभयो ।

कार्यक्रममा टेम्केमैयुङ वडा नं ३ का अध्यक्ष पूर्णप्रसादराई, वडा नं ४ का वडाधयक्ष हर्कराज राई, वडा नं ५ का अध्यक्ष सुनिल राई, वडा नं ७ का अध्यक्ष बालबहादुर खड्का, वडा नं ९ का अध्यक्ष नभराज माङ्गपाहाङ्ग, शिक्षा शाखा प्रमुख राजन ढकाल, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष विवश राई, शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवीलगायतको सहभागिता रहेको थियो । गाउँपालिकाका विद्यालयहरु बीच, भलिवल, रिले दौड, हाईजम्प, लङ्जम्प, सटफुट, त्रिपलजम्प ज्याभलिङ थ्रोलगायतका खेलहरु हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार