भोजपुर, १० पुस । भोजपुरमा माघ १ गतेबाट ‘दोश्रो पौवादुङमा गोल्ड कप फुटबल’ प्रतियोगिता हुने भएको छ । पौवादुङमा गाउँपालिकाको आर्थिक व्यावस्थापनमा यहि माघ १ गतेदेखी ९ गतेसम्म ‘दोश्रो पौवादुङमा गोल्ड कप’ प्रतियोगिता सञ्चालन हुने भएको हो ।
रु. तीन लाख राशीको प्रतियोगितामा सम्पूर्ण नगरपालिका, गाउँपालिका, विभागिय टीम र आधिकारिक क्लवहरुले सहभागिता जनाउन पाउने आयोक समितिका अध्यक्ष चोलप्रसाद आलेले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिता जनाउन चाहने समुहले २०८१ पुस २० सम्म आफ्नो समुह दर्ता गराईसक्नु पर्ने उहाँको भनाइ छ ।
खेल क्षेत्रको विकाससँगै युवा तथा ,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि गाउँपालिकाले गोल्ड कप प्रतियोगिता सञ्चालन गर्न लागेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । प्रतियोगिता सञ्चालनले यहाँको पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने अध्यक्ष राईको भनाइ छ ।
“गाउँपालिकाको आर्थिक व्यावस्थापनमा हामीले दोश्रो पौवादुङमा गोल्ड कप सञ्चालन गर्न लागेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“प्रतियोगिताले खेल क्षेत्रको विकाससँगै यहाँको पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । ”
प्रतियोगिता पौवादङमा गाउँपालिकाको रंगाशालामा सञ्चालन हुने जनाइएको छ । गोल्ड कप प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.तीन लाखसहित ट्रफि,मेडल र प्रमाण पत्र पाउने छ भने द्धितिय हुने टिमले नगद रु. दुई लाख मेडल र प्रमाण पाउने आयोजकले जनाएको छ ।