श्रमदानबाट सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी


भोजपुर, २४ भदौ । भोजपुरको अरुण गाउँपालिका ७ सिके्रटारका स्थानीयबासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षातको कारण सडक हिलाम्य भएर आवत जावतमा समस्या भएपछि उनीहरुले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् । वडा कार्यालयको अगुवाईमा भइरहेको यो अभियानमा गाउँलेहरु भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिहेका छन् । सडक अवरुद्ध भएपछि स्थानीयबासीको सकृयतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा विच्छ्याउने, सडकको नाली कटाउने लगायतको काम गरिएको वडा सचिव अशोक अधिकारीले जानकारी दिनुभयो ।
वडा कार्यालयको अनुरोध तथा स्थानीयबासीको सक्रियतामा सिक्रटार बजारबाट लुङछुङसम्मको बाटो मर्मत गरिएको अरुण गाउँपालिका ७ सिक्रटारका वडाध्यक्ष कुमार थापाले बताउनुभयो । श्रमदानमार्फत विभिन्न सडकहरुको मर्मतसँगै सरसफाईको काम भईरहेको उहाँको भनाइ छ ।


“हामीले श्रमदानमार्फत सडक मर्मतसँगै विभिन्न कामहरु गर्दै आएका छौँ”वडाध्यक्ष थापाले भन्नुभयो “सडक विग्रिएर आवतजावतमा समस्यापछि वडाको अगुवाईमा श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ । सवै कामहरु वडाको सीमित बजेटले गर्न सम्भव नभएपछि हामीले श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ ।” श्रमदान अभियानलाई निरन्तर रुपमा अघि बढाउने हाम्रो योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ । श्रमदानमार्फत जरायोटार प्रहरी चौकीबाट पाडे खोलासम्मको सडक मर्मत गरिएको छ । त्यस्तै सिक्रेटार बजारसहित वडा तथा स्वास्थ्य कार्यालय आसपास क्षेत्रको सरसरफाई गरिएको वडा कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार