भोजपुर नगरपालिका ५ बोखिममा चोरी


भोजपुर ६ साउन । भोजपुर नपा वडा न.- ५ बोखिममा चोरी भएकोछ । वोखिम स्थित स्थानिय हर्कवहादुर प्रधानको घरमा शुक्रवार चोरी भएको हो ।

साउन ४ गते दिउसो करिव १ः३० बजेको समयमा दराजमा राखेको नगद एक लाख अड्चालिस हजार तीन सय पाँच रुपैया र एक तोला सुन चोरी भएको थियो ।

पैसा र सुन सहित पाच लाख बराबरको चोरी भएको सामान प्रहरी कार्यालय भोजपुर वाट खटिएका प्रहरी टोलिले चौविस घण्टा नवित्दै फेला पारेको छ । देउराली प्रहरी बिट्का प्रहरी हवल्दार प्रकाश तामाङ्को टोलिले चोरी भएको २४ घन्टा नबित्दै सुन र नगद रुपैया बरामद गरि पीडित पक्षलाई जिम्मा दिएको हो । घटनाको बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार