पौवादुङमामा उत्कृष्ट कर्मचारी र श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न


भोजपुर, २९ असार । भोजपुरको पौवादुङमा गाउँपालिकामा कर्मचारी तथा श्रष्ठा सम्मान कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले गाउँपालिकामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा गाउँपालिका गान निर्माणमा योगदान पु¥याउने श्रष्ठालाई सम्मान गरेको हो । गाउँपालिकाले उत्कृष्ट स्वास्थ्य संस्था तर्फ मानेडाँडा स्वास्थ्य चौकी, उत्कृष्ट कर्मचारी वडा २ तिवारीभञ्याङका प्रविधिक राम तामाङ, गाउँपालिका तर्फ उष्कृट कर्मचारी कार्यालय सहयोगी विवेक कार्की र सेवा निबृत कर्मचारी दिलन राईलाई सम्मान गरेको हो ।

त्यस्तै गाउँपालिकामा विभिन्न निकायमा पहल गरेर बजेट भित्राउने टिकाराम कार्कीलाई पनि सम्पन्न गरेको छ । पालिका गान निर्माणमा सहयोग पु¥याउने रचना छनौट समितिका संयोजक प्रा.डा प्रेम खत्री, संगितकार वसन्त मुकारुङ, सर्वोत्कृष्ट रचनाकार जिचेन स्याङतान, समग्र संयोजन गर्ने प्राज्ञ तथा कवि शशी लुमुम्बू,उत्कृष्ट रचनाहरु तर्फ गणेश खड़का अर्जुन राई,सुजन अविजित बालकुमारी तिवारीलाई सम्मान गरेको हो ।
त्यस्तै पालिका गान गाउने गायक÷गायिका साजन राई, विशाल राई, सरोजा देवान राई सुनिता लिम्बूलाई नगदसहित सम्मान पत्रले सम्मानित गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार