साल्पासिलिछोमा घुम्ति शिविरबाट करदाता सेवा प्रदान


भोजपुर, २६ फागुन । भोजपुरको साल्पासिलिछो गाउँपालिकामा करदाता सेवाको लागि घुम्ति शिविर सञ्चालन गरिएको छ । यहाँका नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्यले शिविरमार्फत सेवा प्रदान गरिएको हो ।

करदाता सेवा कार्यालय भोजपुरको सहकार्य तथा जी फाउण्डेशनको आर्थिक सहयोगमा यस गाउँपालिकामा करदाता सेवा सम्बन्धि शिविरबाट सेवा प्रदान गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले जानकारी दिनुभयो । “नागरिकलाई सहजत सेवा प्रदान गर्ने लक्ष्यले शिविर सञ्चालन गरेका हौँ” अध्यक्ष कुलुङले भन्नुभयो,“शिविर सञ्चालनले नागरिकले कर सम्बन्धि आवश्यक जानकारीसँगै सेवा लिने अवसर पाएका छन् । गाउँपालिका नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न जुटेको छ ।”

शिविरमार्फत ३९ जनाले सेवा विवरण आयकर तिरेका छन् भने ८६ जनाले व्यक्तिगत स्थायी लेखा लिएका छन् । त्यस्तै एक वटा मु अ कर दर्ता भएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार