साल्पासिलिछोको १४ औं गाउँसभा सम्पन्न


भोजपुर,१ फागुन। भोजपुरको साल्पासिलिछो गाउँपालिकाको १४ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभामार्फत गाउँपालिका उपाध्यक्ष अस्मिता राईले तीन करोड ६४ लाख बरावरको संशोधित बजेट प्रस्तुत गर्नुभयो । गाउँपालिकाको निर्णय अनुसार प्राथमिकताको आधारमा बजेट तयार गरिएको उपाध्यक्ष राईले जानकारी दिनुभयो ।
सीमित बजेट भएकाले आवश्यकता तथा प्राथमिकताको आधार बजेट तयार गरिएको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । बजेट अभावमा यसअघिका गाउँसभामा नसमेटिएका योजना तथा कार्यक्रमलाई समेट्ने गरी बजेट विनियोजन गरिएको उहाँको भनाइ छ ।

संशोधित बजेटमा गाउँपालिकाको प्रशासनिक भवनको लागि थप ९० लाख र २० लाख बजेट विद्यालयहरुको मर्मत सुधारको लागि विनियोजना गरिएको छ । प्रत्येक वडालाई थप रु नौ लाखका दरले बजेट विनियोजन गरिएको छ । वडा न ४ वडा नं ६ र वडा नं १ को वडा कार्यालय भवन निर्माण लगायत विभिन्न शिर्षकमा विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँसभाबाट दुई वटा शिर्षकको करको दररेट संशोधन गरिएको छ । रुद्राक्ष निकासी र लकडी निकासीको करको दर संशोधन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार