भोजपुर ४ माघ । टेम्केमैयुङमा पाँचौँ अन्तर विद्यालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा पाँचौँ राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका भित्रका ९ ओटा माध्यमिक विद्यालयको सहभागितामा विहिबार देखि प्रतियोगिता शुरु भएको हो । गाउँपालिकाले खेल क्षेत्रको विकास गर्ने लक्ष्यका साथ प्रतियोगिता सञ्चालन गरेको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता पाँच लाख लागतमा शुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो ।
गाउँपालिकाको शैक्षिक सुधारका लागि अतिरित्त क्रियाकलापसंगै शिक्षण सिकाई क्रियाकलापलाई गुणस्तरिय बताउन विद्यालयहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन भईरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । एईई परिक्षामा उत्कृष्ट हुने विद्यालयलाई छनौट गरेर सम्मानसँगै पुरस्कृत गरिएको उहाँको भनाई छ ।शिक्षालाई समय सापक्षसँगै गुणस्तरियढंगले अघि बढाउन भौतिक संरचनाको विकाससँगै प्रविधिमैत्री शिक्षणमा जोड दिएको उपाध्यक्ष राईको भनाइ छ ।
खेल क्षेत्रको विकाससँगै युवा,बालवालिकाहरुको शरिरिक तथा मानसिक विकासका लागि प्रतियोगिता सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ । खेलको माध्यमबाट पर्यटन क्षेत्रको विकासमासमेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष सरोज बस्नेतको भनाइ छ । यो छनौट प्रतियोगितामा उत्कृष्ट बन्ने विद्यालयले जिल्लामा स्रञ्चालन हुने प्रतियोगितामा सहभागिता जनाउन पाउने गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजन ढकालले बाताउनुभयो । गाउँपालिकाका विद्यालयहरु बीच, भलिवल, रिले दौड,लगायतका खेलहरु हुने जनाइएको छ ।
विधार्थीहरुमा रहेको प्रतिभाहरुको पहिचान गरी ती प्रतिभाहरुको प्रष्फुटन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरुमा अब्बल प्रतिस्पर्धीको रुपमा तयार गर्न सहयोग पुग्ने भोजपुर प्रदेश सभा संसद विनोद बान्तवाले बताउनुभयो । गाउँपालिकामा प्रथम हुने विद्यालयले जिल्ला स्तरिय प्रतियोगितामा सहभागिता जनाउने छन् ।