पौवादुङमाद्धारा वडास्तरबाट अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन


भोजपुर, २५ पुस । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सम्पन्न भएको छ । पौवादुङमा गाउँपालिकाले स्थानीय नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने लक्ष्यले शिविर सञ्चालन गरेको हो । मंगलबार श्यामशिलामा भएको शिविरमार्फत १२ जनालाई अपाङगता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्य परिक्षण गरिएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए ।

गाउँपालिकाले यहाँका ६ वटै वडामा अभियान सञ्चालन गरेर शिविरमा मार्फत सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताए ।
अभियानमार्फत पौष २४ गते वडा नं १ श्यामशिला, पौष २५ मा वडा न २ तिवारीभञ्याङ, पौष २६ गते वडा नं ३ च्याङ्ग्रे, पौष २८ गते वडा नं ४ वास्तिम, पौष २९ गतेवडा नं ५ सानोदुम्मा र माघ २ गते वडा नं ६ ठुलोदुम्मामा  सेवाहरु प्रवाह गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।

गाउँपालिकाका नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने लक्ष्यले अभियानमार्फत सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले जनस्तरम्म पु¥याउने लक्ष्यका साथ काम भईरहेको अध्यक्ष राईको भनाइ छ । “हामीले अभियानमार्फत सवै वडाबाट अपाङ्गता परिचय पत्र वितरणसँगै शिविर सञ्चालन गरिरहेका छौँ” अध्यक्ष राईले भने, “सहज रुपमा गाउँपालिकाको सेवा जनस्तरमा पु¥याउने उद्धेश्यले सेवा दिएका हौँ । यसले नागरिकलाई गाउँपालिकाको सेवा लिन सहजता भएको छ ।”

नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यले वडास्तरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । अभियानमार्फत प्रवाह गरिएको सेवाले शारिरिक रुपमा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार