भोजपुर, ८ पुस । भोजपुरको पौवादुङमा गाउँपालिका १ श्यामशिलामा रहेको प्रसिद्ध धार्मिक स्थल त्रिपुरेश्वर महादेवमा सञ्चालन गरिएको शिव महापुराणको आम्दानी, खर्च विवरण सार्वजनिक गरिएको छ ।
पूर्वको प्रसिद्ध त्रिपुरेश्वर महादेव तथा यहाँको झाराली गुफाको संरक्षण सहयोगार्थ ११ दिनेमहापुराणको आयोजनाबाट २० लाख दुई हजार ९४८ रुपैया संकलन भएको आयोजकले जनाएको छ । उक्त रकमबाट ९ लाख १४ हजार ८४५ खर्चको भएको जनाइएको छ । १० लाख ८८ हजार १०३ रुपैँया रकम मौज्दात रहेको आयोजकको भनाइ छ ।
मन्दिरको संरक्षण तथा विकासकाको लागि पौवादुङमा गाउँपालिकाले दश लाख सहयोग गरेको छ । यो सहित शिव महापुराणबाट कुल २० लाख ८८ हजार १०३ रुपैया बचत भएको आयोजक कमिटीका सदस्य योगेस श्रेष्ठले बताए । पुराणमा विभिन्न दाताले दिएको रकम मध्ये एक लाख ४७ हजार २५० उठ्न बाँकी रहेको उनको भनाइ छ ।
गत मङ्सिर १५ गतेबाट २५ गतेसम्म महापुराणले सञ्चालन गरिएको थियो पूर्वको पशुपति भनेर चिनिएको खोटाङ हलेसीको दोश्रो रुपको पहिचान बनाएको पौवादुङमा १ तिलाहरमा रहेको त्रिपुरेश्वर महादेवको विकासँगै प्रचारप्रसारको लागि महापुराणको आयोजना गरिएको मन्दिर संरक्षण समितिले जनाएको छ । मन्दिरको थप संरक्षण तथा व्यवस्थापनको लागि शिताराम श्रेष्ठको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमितिसमेत गठन गरिएको छ ।