एमाले सङ्कल्प यात्रा : आजबाट भोजपुर प्रवेश


भोजपुर २७ मंसिर । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० आजबाट भोजपुर प्रवेश गरेको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाट सुरु १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान भोजपुर प्रवेश गरेको हो । अध्यक्ष केपी शर्मा ओली सहितको समुहलाई बुधबार(आज) भोजपुर र खोटाङको सिमानामा रहेको चखेवा भन्ज्याङमा झाँकीसहित स्वागत गर्ने कार्यक्रम रहेको एमाले भोजपुरले जनाएको छ ।

अध्यक्ष ओलीले टेम्केमैयुङ गाउँपालिकाका व्यावसायी किसानहरुसँग छलफल गर्ने कार्यक्रम रहेको एमालेका टेम्केमैयुङ गाउँ कमिटी अध्यक्ष सुनिल राईले बताए । त्यहाँ खाना खाएर अध्यक्ष ओली भोजपुर सदरमुकाम आएपश्चात विभिन्न कार्यक्रमलाई सम्बोधनसँगै माग पत्र बुझ्ने, धातु उद्योगीहरूसँग अन्तरक्रिया, सर्वदलीय माग पत्र बुझ्ने लगायतका कार्यक्रम हुने एमाले भोजपुर पार्टी अध्यक्ष शरणकुमार राईले जानकारी दिए ।

अध्यक्ष ओली सहितको सङ्कल्प यात्राको समुह मङ्सिर २८ गते भोजपुरका विभिन्न कार्यक्रममा सहभागी हुँदै धनकुटा प्रस्थान गर्ने कार्यक्रम रहेको एमाले भोजपुर पार्टी उपाध्यक्ष मक्कर खड्काले बताए । पूर्व प्रधानमन्त्री ओली सहितको समुहलाई पौवादुङमा गाउँपालिकाले २८ गते तिवारीभञ्याङमा स्वागत गर्ने कार्यक्रमसमेत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार