भूकम्प पीडितलाई नेपाल बार एशोसिएशन भोजपुरको सहयोग


भोजपुर, २४ कात्तिक । नेपाल बार एशोसिएशन भोजपुरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई सहयोग गरेको छ । एसोसिएशनले दश हजार आर्थिक सहयोग गरेको हो । भूकम्पले क्षति पुगेको दुःखद् घडिमा त्यहाँका नागरिकलाई केहि सहयोग पुगोस भन्नको लागि सहयोग रकम पठाएको नेपाल बार एशोसिएशन भोजपुरका सचिव तीर्थकुमार राईले बताए । बार एशोसिएशनले विज्ञप्ती जारी गरेर उक्त घटनाप्रति दुःख प्रकट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार