न्यायमा पहुँच पु¥याउन पौवादुङमामा कानुनी घुम्ति शिविर


भोजपुर, १६ कात्तिक । स्थानीय नागरिकलाई कानुनी विषयमा जानकारी दिन भोजपुरको पौवादुङमा गाउँपालिकामा कानुनी घुम्ति शिविर सञ्चालन गरिएको छ । ग्रामिण भेगका विपन्न, गरिव, सिमान्तकृत, अल्पसङख्यक नागरिकहरुमा न्यायको पहँुच विस्तार गर्न शिविर सञ्चालन गरिएको हो । शिविरमार्फत राज्यका तर्फबाट पाउने निःशुल्क कानुनी सेवा तथा कानुनको अज्ञानताका कारण आइपर्ने समस्याका विषयमा जनस्तरसम्म जानकारी दिएको छ । कानुनी सेवालाई सहज रुपमा ग्रामिण भेगसम्म पु¥याउने लक्ष्यले घुम्ति शिविर सञ्चालन गरिएको गरिवी निवारण तथा ग्रामिण विकास कार्यक्रम (पर्डेप) नेपाल धनकुटाका परियोजना संयोजक खिन्द्र अधिकारीले जानकारी दिए । यो परियोजना अन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिका र धनकुटाको शहिदभूमि गाउँपालिकामा कार्यक्रम सञ्चालन भईरहेको उनको भनाइ छ ।


“जनस्तरसम्म कानुनी सेवाको विषयमा जानकारी दिन शिविर सञ्चालन गरिरहेका छौँ” उनले भने,“ शिविरमार्फत सर्वसाधरणलाई कानुनी सेवासँगै उनीहरुको समस्या समाधनमा हामीले आवश्यक सहयोग गरिरहेका छौँ। जनस्तरमा कानुनको अज्ञानता कारण धेरै खालका समस्या देखिएका छन् ।” गाउँपालिकाका सवै छ वडामा रहेका स्थानीयहरुको कानुनी समस्या पहिचान गरेर शिविर सञ्चालन भईरहेको पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले बताए । स्थानीयमा कानुनी जटिल्ताका कारण देखिएका विभिन्न समस्याको समाधनमा विभिन्न निकायसँग समन्वय तथा सहकार्य गरिरहेको उनको भनाइ छ ।“कानुनी ज्ञानको अभावले स्थानीयले समस्या भोगेको अवस्था पनि छ”अध्यक्ष राईले भने,“ नागरिकहरुका त्यस्ता समस्याको पहिचानसँगै समाधानमा पहल गरिरहेका छौँ । यो कानुनी घुम्ति शिविर यसैमा केन्द्रीत छ ।”

कानुनी घुम्ती शिविरलाई वडास्तर तथा टोलस्तरसम्म सञ्चालन गर्दा ८८ ओटा समस्या पहिचान भएको पौवादुङमा गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ज्योत्सना राईले बताईन । फेला परेका ८८ ओटा समस्या मध्ये ११ ओटाको फछ्र्यौट गरिएको उहाँको भनाइ छ । “पर्डेप नेपालसँगको सहकार्यमा हामीले सञ्चालन गरेको शिविरमार्फत ८८ ओटा समस्या फेला परेको अवस्था छ” उपाध्यक्ष राईले भनिन्,“ ११ वटाको समाधन भएका छन् । कानुनी सेवाको अभावको कारण जनस्तरमा धेरै जटिल समस्या पनि फेला परेको अवस्था छ ।”

स्थानीयस्तरमा बढी मात्रामा पञ्जिकरण सम्वन्धि समस्या देखिएको अधिवक्ता तथा नेपाल बार यसोनियसन भोजपुरका सचिव तिर्थकुमार राईले बताए । स्थानीयहरुमा कानुनको अज्ञानताको कारण आईपरेका समस्याको समाधानको विषयमा शिविरमार्फत पहल गरिएको उनको भनाइ छ ।
“कानुनको अज्ञानता कसैको लागि क्षम्य हुदैन” उनले भने,“तर कानुनको बारेमा केहि जानकारी नहँुदा स्थानीयमा समस्या छ । हामीले घुम्ति शिविरबाट उनीहरुलाई आवश्यक जानकारीसमेत प्रदान गरेका छौँ ।”

गाउँपालिकाबासी नागरिकलाई न्यायमा पहँुच विस्तार गर्न कानुनी घुम्ति शिविरमार्फत सेवा दिइएको पौवादुङमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । कानुनी परामर्शपछि जिल्लामा गएर मुद्धा दर्ता तथा अन्य आवश्यक कामसँगै आवत जावतको लागि खर्चसमेत दिइने उनको भनाइ छ ।“सुसासनको एउटा पाटो नागरिकमा न्यायमा पहुँच पनि हो” उनले भने,“ नागरिकहरुमा न्यायको पहुँच विस्तार गर्न शिविरमार्फत आवश्यक सहयोग गर्दै आएका छौँ ।”

कानुनको विषयमा सामन्य जानकारी नहुँदा आईपर्ने समस्याको पहिचानसँगै आवश्यक सहयोग गर्दै आएको पर्डेप नेपालका कार्यकारी निर्देशक मिनप्रसाद सुवेदीले जानकारी दिए । यो कार्यक्रममार्फत कानुनी सेवा लिनको लागि आवश्यक सहयोग गरिएको उनको भनाइ छ । “यहाँ सर्वसाधरण नागरिकले भोगेका कानुनी समस्या पहिचान गरेर त्यसको समाधानमा लागेका छौँ”उनले भने,“ धेरै जनाको कानुनी समस्या समाधानमा पहल गरेका छौँ । उहाँहरुलाई आवश्यक परामर्शसँगै अन्य सहयोग गर्दै आएको अवस्था पनि छ ।

यो कार्यक्रम भोजपुर र धनकुटाका दुई ओटा स्थानीय तहमा युएनडिपीको आर्थिक सहयोग र कानुन तथा संसदिय मन्त्रालयसँगको सहकार्यमा सञ्चालन भईरहेको परियोजना सञ्चालक संस्था पर्डेप नेपालले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार