कृषि ज्ञान केन्द्रसहित भोजपुरका तीन कार्यालयको वार्षिक कार्यक्रम सार्वजनिक


भोजपुर, १५ असोज । भोजपुरमा तीन वटा सरकारी कार्यालयले वार्षिक कार्यक्रम सार्वजनिक गरेका छन् । सोमबार एक कार्यक्रमका बीच सरोकारवाला पक्षको उपस्थितिमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,कार्यान्वयन इकाई र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले बार्षिक कार्यक्रम सार्वजनिक गरेको हुन्।

कृषि ज्ञान केन्द्रको बार्षिक कार्यक्रमको बारेरमा निमित्त कार्यालय प्रमुख गणेश खत्री, भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको विषयमा कार्यालय प्रमुख हिमालयण पोखरेल र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,कार्यान्वयन इकाईको कार्यक्रमको बारेमा कृषि अधिकृत नवराज गुरुङले प्रस्तुति गरेका थिए ।

यी कार्यालय मातहात सञ्चालन हुने कार्यक्रमको बारेमा प्रस्तुति पश्चात आवश्यक छलफलसमेत गरिएको छ । कार्यक्रमलाई प्रभावकारी रुपमा जनस्तरसम्म सञ्चालनको लागि सहभागीहरु सुझाव राखेका छन् ।

जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङको अध्यक्षता भएको कार्यक्रममा भोजपुर नगरपालिका मेयर कैलास कुमार आले, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेत, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, जिल्ला समन्वय समिति उपाध्यक्ष अनिशा खड्का, रामप्रसादराई गाउँपालिका उपाध्यक्ष विरेन्द्र राई, अरुण गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, आमचोक गाउँपालिका उपाध्यक्ष सीता राई रहेको थियो । त्यस्तै जिल्लाका विभिन्न सरकारी कार्यालय, उद्योग बाणिज्य संघ, नागरिक समाज लगायत सरोकारवाला पक्षको उपस्थिति रहेको भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार